सिटिजन्सको बैंकले नियुक्ति गर्यो लेखापरीक्षक
काठमाडौं । सिटिजन्स बैंकले लेखापरीक्षक नियुक्ति गरेको छ । बैंकले जे.के एण्ड एस.एस. एसोसिएटस् चार्टड एकाउन्टेन्टस्लाई लेखापरीक्षणका लागि नियुक्ति गरेको हो ।
गत कात्तिक १२ गते सम्पन्न बैंकको १८औं वार्षिक साधारण सभाले चालु आर्थिक वर्ष २०८१–८२ को हिसाव किताबको लेखापरीक्षणका लागि सो कम्पनीलाई नियुक्ति गरेको हो ।