नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गको अध्यक्षमा विकास आनन्द « Arthapath.com
१७ मंसिर २०८१, सोमबार

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गको अध्यक्षमा विकास आनन्द



काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा विकास आनन्द चयन भएका छन् ।

नेपाल एसबिआई बैंक लिमिटेडको तर्फवाट सञ्चालकको रुपमा नियुक्ति-मनोनित गरी पठाए बमोजिम सञ्चालकको रुपमा नियुक्त गरिएको हो ।

सोमबार बसेको संचालक समितिको बैठकले आनन्दलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन गरेको हो ।

अध्यक्ष आनन्दले प्रचलित कम्पनी ऐन बमोजिम गोप्यता तथा इमान्दारिताको शपथ ग्रहण पनि गरेका छन् । उनी बैंकको प्रमुख संचालन अधिकृतको पदमा कार्यरत रही मानव संशाधन, कर्जा प्रशासन, सामान्य सेवा तथा कानून लगायतका मामिला हेर्नेछन् ।

शपथ ग्रहण कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडको सञ्चालकहरु राजेश कुमार पांडा, छपि राज पन्त, स्वतन्त्र सञ्चालक नन्दन हरी शर्मा, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल तथा कम्पनीको कम्पनी सचिव खगेश्वर भट्ट लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्