नेपाल एसबिआई बैंकको सञ्चालकमा रितेश सिन्हा
काठमाडौं । नेपाल एसबिआई बैंकको सञ्चालकमा रितेश सिन्हा नियुक्त भएका छन् । बैंकको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले सिन्हालाई सञ्चालक नियुक्त गरेको हो ।
सिन्हालाई बैंकको संस्थागत सेयरधनी भारतीय स्टेट बैंक (एसबीआई) को तर्फबाट यस बैंकको सञ्चालक समितिमा सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका पिनाकी नाथ बनर्जीको स्थानमा नियुक्त गरिएको हो ।