नेपाल लाइफ क्यापिटलको अध्यक्षमा लामिछाने, संचालकमा को-को ?
काठमाडौं । नेपाल लाइफ क्यापिटलको अध्यक्षमा कृष्णराज लामिछाने चयन भएका छन् ।
गत शुक्रबार सम्पन्न क्यापिटलको ११औं वार्षिक साधारण सभाले लामिछानेलाई अध्यक्ष चयन गरेको हो । यस्तै, संचालकमा सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन भएका छन् ।
सोही सभाबाट गत आर्थिक वर्ष २०८०–८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गरेको छ । यस्तै, चालु आव २०८१–८२ को लागि लेखापरीक्षकको नियुक्ति गरेको छ ।