हिमालय उर्जा विकासको अध्यक्षमा पाण्डे, संचालकमा कोको ?

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको साधारण सभाले ७ जना संचालक चयन गरेको छ । गत शुक्रबार (पुस २६ गते) सम्पन्न कम्पनीको २३औं र २४औं वार्षिक साधारण सभाले ७ जना संचालक चयन गरेको हो ।
कम्पनी संचालक समितिकिो अध्यक्षमा मातृसेवा प्रतिष्ठान नेपालका प्रतिनिधि हरि प्रसाद पाण्डे चयन भएको छ ।
यस्तै, संचालकमा भने अरुण भ्याली हाइड्रोपावरका प्रतिनिधि रमेश प्रसाद न्यापाने, सोमनाथ पाठक, श्रीराम पाण्डे, सुमन चौलागाई र प्रमिला चौहान बस्नेत संचालकमा चयन भएका छन् । यता स्वतन्त्र संचालकमा भने छत्र बहादुर बस्नेत नियुक्ति भएको कम्पनीले जनाएको छ।