मैलुङ खोला हाइड्रोपावरको अध्यक्षमा मरहट्टा, संचालकका को-को ? « Arthapath.com
६ माघ २०८१, आईतवार

मैलुङ खोला हाइड्रोपावरको अध्यक्षमा मरहट्टा, संचालकका को-को ?



काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको लिमिटेडको अध्यक्षमा बसन्तचन्द्र मरहट्टा चयन भएका छन् ।

पुस २८ गते सम्पन्न कम्पनीको ११औं वार्षिक साधारण सभाबाट समितिमा ४ जना संचालक निर्विरोध चयन भएका थिए । त्यसमध्ये मरहट्टा अध्यक्ष बनेका हुन् ।

माघ ३ गते बिहीबार बसेको संचालक समितिको बैठकले उनलाई अध्यक्ष चयन गरेको हो ।

संचालकमा डा. सुनिल कुमार पोखरेल, रघुनाथ कुइँकेल, बदनलाल न्याछ्यो, कृति कुमारी महतो, उद्धव विष्ट र प्रविण अर्याल संचालकमा चयन भएका छन् ।


प्रतिक्रिया दिनुहोस्