ज्योति क्यापिटलको संचालकमा श्रेष्ठ

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको संचालकमा उमा श्रेष्ठलाई नियुक्ति गरेको छ । ज्योति विकास बैंकबाट मनोनित श्रेष्ठलाई क्यापिटलको संचालकमा नियुक्ति गरिएको हो ।
सोमबार सम्पन्न संचालक समितिको ५९ औं बैठकले ज्बैंकका प्रमुख वित्त अधिकृत श्रेष्ठलाई क्यापिटलको संचालक पदमा नियुक्त गरिएको जनाएको छ ।
बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहमा १२ वर्ष भन्दा बढीको अनुभवी श्रेष्ठसंग ज्योति विकास बैंकको उच्च व्यवस्थापन तहमा सफल कार्य गरेको अनुभव रहेको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी गरेकी श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट व्यपस्थापनमा स्नातकोत्तर समेत गरेकी छिन् ।
नव नियुक्त संचालक श्रेष्ठको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान विश्वास छ ।
ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ ।