९ लघुवित्तको नाफाः फर्स्ट माइक्रोफाइनान्स अब्बल, ग्रोथमा सपोर्ट अगाडि, को कति बलियो ? « Arthapath.com
२२ कार्तिक २०८०, बुधबार

९ लघुवित्तको नाफाः फर्स्ट माइक्रोफाइनान्स अब्बल, ग्रोथमा सपोर्ट अगाडि, को कति बलियो ?



काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको मुनाफा ५ करोड माथि रहेको छ । चालु आर्थिक वर्ष २०८०।०८१ को पहिलो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका लघुवित्त मध्य कम्पनीको मुनाफा सबै भन्दा उच्च हो ।

हालसम्म ९ लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दा फर्स्ट माइक्रोफाइनान्सको मुनाफा ५ करोड ६ लाख ८४ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा २०.५२ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ६ करोड ३७ लाख ७१ हजार रुपैयाँ रहेको थियो ।

मुनाफा बढी भएको दोस्रो नम्बरमा आरएसडिसि लघुवित्त रहेको छ । कम्पनीको मुनाफा ४ करोड ७ लाख ७४ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा ६.६५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३ करोड ८२ लाख ३१ हजार रुपैयाँ रहेको थियो ।

हालसम्म वित्तीय रिपोर्ट सार्वजनिक गरेका लघुवित्तमा बढी नाफा रहेको तेस्रो नम्बरमा ग्लोबल आइएमई लघुवित्त रहेको छ । कम्पनीको मुनाफा ३ करोड ४० लाख ७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको भन्दा उक्त नाफा २७.१४ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा सिवाईसी लघुवित्तको मुनाफा ८७ .४३ प्रतिशतले घटेको छ । कम्पनीको मुनाफा १९ लाख २ हजार रुपैयाँ रहेको छ ।

९ वटा लघुवित्त मध्य सबै भन्दा बढी नाफा कमाउनेमा सपोर्ट लघुवित्त रहेको छ । कम्पनीको मुनाफा २५९.१ प्रतिशतले बढेको हो । कम्पनीको मुनाफा ४ लाख ४५ हजारबाट बढेर १५ लाख ९८ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, हिमालयन लघुवित्तको ८५.०८ प्रतिशतले घटेर मुनाफा १० लाख ८६ हजार रुपैयाँ, गुराँस लघुवित्तको ११५.४९ प्रतिशतले घटेर ९ लाख ३३ हजार रुपैयाँ र नाडेप लघुवित्तको ९५.८३ प्रतिशतले घटेर ५ लाख १० हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्