श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले गर्यो लाभांश घोषणा « Arthapath.com
२७ मंसिर २०८०, बुधबार

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले गर्यो लाभांश घोषणा



काठमाडौँ । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट ५.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित भइ पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्