छुट्नु होला है ! दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
२७ मंसिर २०८०, बुधबार

छुट्नु होला है ! दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौँ । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अर्थाम मंसिर २७ गते अन्तिम दिन रहेको छ । नेपाल इन्स्योरेन्स र मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम रहेको हो ।

दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि बिहीबार मंसिर २८ बुक क्लोज गर्दैछन् । नेपाल इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुष १३ गते वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँंमा बिहान ११ बजे बस्ने गरी बोलाएकोछ ।

त्यस्तै मितेरी डेभलपमेन्टले ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । प्रस्ताव पारित गर्न कम्पनीले पुष १४ गते वार्षिक साधारण सभा सुनसरी उद्योग वाणिज्य संघ, धरान–१, सुनसरीमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।


प्रतिक्रिया दिनुहोस्