छुट्नु होला है ! दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
२८ मंसिर २०८०, बिहीबार

छुट्नु होला है ! दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौँ । दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अर्थात मंसिर २८ गते अन्तिम दिन रहेको छ । नबिल बैंक र नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

दुवै बैंकले साधारण सभा प्रयोजनको लागि मंसिर २९ बुक क्लोज गर्दैछन् । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न बैंकले पुष १२ गते वार्षिक साधारण सभा बोलाएको छ ।

नेपाल एसबीआई बैंकले ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न बैंकले पुष १३ गते वार्षिक साधारण सभा बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्