एनआईबिएल स्टेबल फण्डको बाँडफाँट, करीब ९६ प्रतिशत विक्री « Arthapath.com
२४ माघ २०८०, बुधबार

एनआईबिएल स्टेबल फण्डको बाँडफाँट, करीब ९६ प्रतिशत विक्री



काठमाडौं । नआईबिएल स्टेबल फण्ड बन्दमुखी योजनाकोल बाँटफाँट भएको छ । बुधबार बिहानको ९ः०० बजे निष्काशन तथा बिक्री प्रबन्धक श्री एनआइएमबि एस क्यापिटलले इकाई बाँडफाँट गरेको हो । उक्त योजनाको ९५.८५ प्रतिशत इकाई विक्री भएको कम्पनीले जनाएको छ ।

बीज पूँजी सहित अंकित मूल्य रु. १० दरका १० करोड इकाई विक्रीका निम्ति यही माघ २ देखि १६ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । सोम अवधिभरमा ३९ हजार २७१ जना आवेदकमार्फत् ९ करोड ५८ लाख ४९ हजार १६० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ ।

इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई उनीहरुले माग गरे बमोजिम नै इकाई बाँडफाँट भएको छ । यससँगै बीज पूँजी सहित योजनाको आकार रु. १ अर्ब १३ करोड अर्थात् कुल ११ करोड ३० लाख इकाई कायम गरिएको कम्पनीले जनाएको छ ।

एनआईएमबी एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत यी इकाईहरु विक्री गरिएको हो । जसको कोष प्रबद्र्धक नेपाल इन्भेष्टमेण्ट मेगा बैंक रहेको छ ।


प्रतिक्रिया दिनुहोस्