सुदूरपश्चिमः पर्यटकबाट वार्षिक आम्दानी साढे ३३ लाख, यस्ता छन् सम्भावना र चुनौती « Arthapath.com
२५ आश्विन २०८०, बिहीबार

सुदूरपश्चिमः पर्यटकबाट वार्षिक आम्दानी साढे ३३ लाख, यस्ता छन् सम्भावना र चुनौती



काठमाडौं । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटनको सम्भावना तथा चुनौतीहरु विशेष अध्यन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार अध्ययनका लागि छनोटमा परेका ९ वटा धार्मिकस्थलहरुमध्ये तथ्याड्ढ प्राप्त ६ वटा धार्मिक स्थल र वरपरका क्षेत्रमा आउने पर्यटकहरुबाट कुल वार्षिक आम्दानी ३३ लाख ५० हजार हुने गरेको देखिएको छ ।

धार्मिक तथा हिमाली जैविक विविधताको रुपमा परिचित खप्तड राष्ट्रिय निकुञ्ज जस्ता क्षेत्र साहसिक पर्यटनको लागि प्रबल सम्भावना रहेको अध्ययनमा उल्लेख गरेको छ । सुदूरपश्चिमका सातदेवीहरू डिलासैनी, निङ्लासैनी, मेलौली, शैलेश्वरी, बडिमालिका, उग्रतारा र त्रिपुरासुन्दरीलाई धार्मिक सर्किटको रूपमा प्रवद्र्धन गर्न सकिने तथा धार्मिक पर्यटनसँगै प्रदेशको प्राकृतिक भुबनोट तथा आकर्षणको आधारमा भ्रमण, पदयात्रा, माइस पर्यटन, राफ्टिङ्ग, हाइकिङ्ग, फिसिङ्ग, गुफा अवलोकन, समुदायमा आधारीत होमस्टे, साइकिलिङ्क, चराचुरुङ्गी तथा वन्यजन्तु अवलोकन, हिमाल आरोहण जस्ता विभिन्न पर्यटकीय क्रियाकलापहरु उपलब्ध छन् भने प्याराग्लाइडिङ्ग, केबलकार, क्यानोनिङ्ग, बंजी जम्पिङ्ग, स्किईङ्ग, गल्फ, आदि पर्यटकीय गतिविधिहरुको सम्भावना रहेका छन् ।

प्रतिवेदनमा पर्यटकीय सेवा तथा सुविधाका लागि आवश्यक आधारभूत पूर्वाधारहरुको कमीको कारणले गर्दा पर्यटकहरुलाई पर्यटनको उत्कृष्ट अनुभवको कमी मात्र नभई बेलाबखत नकारात्मक अनुभव समेत हुन गई त्यसले गन्तब्यको छविलाई झनै कमजोर बनाइ प्रत्युत्पादक भइरहेको चुनौती समेत देखाएको छ ।

सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटनको सम्भावना :
▪ विविध धार्मिक सांस्कृतिक परम्परा, मिश्रित रितीरिवाज, थारु संस्कृति, डेउडा, छलिया नाच, खप्तड दह, रामारोशन, उग्रतारा, त्रिपुरासुन्दरी, निङ्गलाशैनी, डिलाशैनी, उदयदेव, मेलौली, पाटन उपत्यका, श्रीभावर क्षेत्र, पत्तालभुमेश्वर क्षेत्र लगायत अन्य ताल तलैयाहरु धार्मिक पर्यटन विकासका लागि परिणत गर्न सकिने ।
▪ धार्मिक तथा हिमाली जैविक विविधताको रुपमा परिचित खप्तड राष्ट्रिय निकुञ्ज जस्ता क्षेत्र साहसिक पर्यटनको लागि प्रबल सम्भावना रहेको ।
▪ हिमाली प्राकृतिक सुन्दरता, महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य तथा मौलिक सांस्कृतिक सम्पदाहरु रहेको ।
▪ धार्मिक पर्यटन प्रवद्र्धन मार्फत रोजगारी सिर्जना, गरिवी निवारण र जनताको जीवनस्तरमा वृद्धि ल्याई आर्थिक समृद्धिमा समेत सहयोग पु¥याउने सम्भावना रहेको।
▪ “पर्यटन पूर्वाधार समृद्ध प्रदेशको आधार” भन्ने नाराका साथ संघीय सरकार, स्थानीय तह र नीजि क्षेत्रसंगको सहकार्यमा पर्यटन गुरुयोजना तयार गरिने भनेर नीति तथा कार्यक्रममा उल्लेख गरिएकोले यसबाट पर्यटन पूर्वाधार विकास निर्माणले पर्यटनमा टेवा पुग्ने सम्भावना रहेको ।
▪ छिमेकी मुलुक भारतका राज्यहरु जस्तै उत्तरप्रदेश, उत्तराखण्ड, हिमाचल प्रदेशमा यस प्रदेशको धार्मिक पर्यटन प्रवद्र्धनका लागि व्यापक प्रचारप्रसार गरेमा यस प्रदेशमा भारतीय तथा विदेशी पर्यटकहरुको आवागमनमा वृद्धि भई आय आर्जन गर्न सकिने ।
▪ यस प्रदेशमा रहेका प्रमुख धार्मिक पर्यटकीय सम्भावना भएका क्षेत्रमा सडक, विजुली, बत्ती, नेटवर्क लगायत पर्यटकीय पूर्वाधारहरुको विस्तार गर्न सकिएमा आन्तरिक पर्यटकका साथै विदेशी पर्यटकहरुको आवागमनमा वृद्धि हुन सक्नेसम्भावना रहेको।
▪ स्तरीय होटल, पर्यटकहरुको सुरक्षाको प्रत्याभूति लगायत विभिन्न धार्मिक टुर प्याकेजहरुको व्यवस्था गर्न सकेमा यस प्रदेशका पर्यटकहरुको आगमनमा वृद्धि हुन सक्ने।
▪ यस प्रदेशका हरेक जिल्लामा विमानस्थलको व्यवस्था, पहाडी तथा हिमाली क्षेत्रमा हवाईमा नियमितता एवं सुरक्षित र भरपर्दो उडानको व्यवस्था गर्न सके आन्तरिक तथा विदेशी पर्यटक भित्रिन सक्ने सम्भावना ।
▪ सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको बडीमालिका धार्मिक तथा प्राकृतिक पर्यटनको दृष्टिबाट प्रचुर सम्भावना नै सम्भावना बोकेको पर्यटकीय क्षेत्र भएकोले पर्याप्त विकास तथा प्रचार–प्रसार गर्न सके धार्मिक पर्यटकको संख्यामा वृद्धि गर्न सकिने ।
▪ सुदूरपश्चिमका सातदेवीहरू डिलासैनी, निङ्लासैनी, मेलौली, शैलेश्वरी, बडिमालिका, उग्रतारा र त्रिपुरासुन्दरीलाई धार्मिक सर्किटको रूपमा प्रवद्र्धन गर्न सकिने ।

▪ धार्मिक पर्यटनसँगै यस प्रदेशको प्राकृतिक भुबनोट तथा आकर्षणको आधारमा भ्रमण, पदयात्रा, माइस पर्यटन, राफ्टिङ्ग, हाइकिङ्ग, फिसिङ्ग, गुफा अवलोकन, समुदायमा आधारीत होमस्टे, साइकिलिङ्क, चराचुरुङ्गी तथा वन्यजन्तु अवलोकन, हिमाल आरोहण जस्ता विभिन्न पर्यटकीय क्रियाकलापहरु उपलब्ध छन् भने प्याराग्लाइडिङ्ग, केबलकार, क्यानोनिङ्ग, बंजी जम्पिङ्ग, स्किईङ्ग, गल्फ, आदि पर्यटकीय गतिविधिहरुको सम्भावना ।


सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटनको चुनौती :

▪ पर्यटकीय सेवा तथा सुविधाका लागि आवश्यक आधारभूत पूर्वाधारहरुको कमीको कारणले गर्दा पर्यटकहरुलाई पर्यटनको उत्कृष्ट अनुभवको कमी मात्र नभई बेलाबखत नकारात्मक अनुभव समेत हुन गई त्यसले गन्तब्यको छविलाई झनै कमजोर बनाइ प्रत्युत्पादक भइरहेको चुनौती ।
▪ यस प्रदेशका प्राकृतिक, जैविक तथा मानव निर्मित सम्पदाहरुको खोज, संरक्षण, सम्बद्र्धन एवं विकास गरी यस प्रदेशलाई पर्यटकीय दृष्टिकोणले आकर्षक गन्तव्य स्थलको रुपमा विकास गरी सर्वसाधारणको जीविकोपार्जनका लागि रोजगारीका अवसरमा वृद्धि, जीवनस्तरमा सुधार ल्याई आर्थिक वृद्धिमा योगदान गर्नु ।
▪ अत्यावश्यक तथा स्तरीय पर्यटन मैत्री पुर्वाधारहरु जस्तैप्रादेशिक आन्तरिक हवाइसेवा, धार्मिक तथा पर्यटकीय गन्तब्यहरु जस्तै खप्तड, रामारोशन तथा बडीमालिका पदमार्गमा यथेष्ट आरामदायी आवासगृह तथा रेष्टुरेण्ट, आधुनिक पर्यटन सुचना केन्द्रहरु, गन्तब्य नजिकै स्वास्थ्य केन्द्र, आपतकालीन पर्यटक खोज तथा उद्दार केन्द्र तथा उपकरण, पर्यटक प्रहरीको न्यूनता ।
▪ प्रदेशका ग्रामीण क्षेत्रमा स्थानीय समुदायको स्वामित्वमा प्रतिस्पर्धा र गुणस्तरीय धार्मिक पर्यटन सेवाको विकास गरी विद्यमान पर्यटकीय पूर्वाधार सञ्चालनमा सुधार ल्याउन । ▪ प्रादेशिक तथा स्थानीय स्तरमा धार्मिक पर्यटकीय गन्तब्यको प्रणालीगत तथा व्यवस्थित विकासको लागी पर्याप्त अध्ययन तथा अनुसन्धान, पर्यटन गुरुयोजना, रणनीतिक निर्देशिका तथा आयोजनाहरु
निर्माण गरी कार्यान्वयन गर्नु ।
▪ प्रदेश भित्रका धार्मिक पर्यटकीय पूर्वाधार विकासतर्फ लगानी प्रवद्र्धन गर्नुका साथै पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षित गर्नु ।
▪ विकट तथा दुर्गम स्थानमा अवस्थित धार्मिक पर्यटकीय क्षेत्रहरुमा पूर्वाधार निर्माण कार्य स्थानीय वासीलाई समेत सम्मिलित गराई योजना कार्यान्वयन गर्नु ।
▪ धार्मिकस्थलको भ्रमणमा स्थलमार्गबाट आउने भारतीय पर्यटकहरु तथा आन्तरिक पर्यटकहरुको तथ्याङ्क संकलन गर्ने कार्यको उचित संयन्त्र निर्माण गर्नु ।
▪ विद्यमान धार्मिक पर्यटकीय स्थलहरूको बजारीकरण एवं नयाँ स्थानहरुको पहिचान गरी त्यसतर्फ पर्यटक आकर्षण गर्न पर्यटकीय क्षेत्रको नक्साङ्कन तथा आधुनिक सूचना प्रविधिको उपयोग गरी प्रचार प्रसार गर्नु ।
▪ आन्तरिक, भारतीय तथा अन्य बाह्य बजारमा सुदूरपश्चिम प्रदेश स्थित प्रसिद्ध धार्मिक पर्यटकीय स्थललाई उच्च प्राथमिकताका साथ प्रचार–प्रसार र प्रवद्र्धन गर्ने र धार्मिक पर्यटकहरूको आगमनलाई अधिकतम बनाउने


प्रतिक्रिया दिनुहोस्