बीमा बजार अहिले पनि भर्जिन छः सीईओ पराजुली « Arthapath.com
२६ पुष २०७७, आईतवार

बीमा बजार अहिले पनि भर्जिन छः सीईओ पराजुली



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिडेका सीईओ प्रविण रमण पराजुलीले बीमा बजार अहिले पनि भर्जिन रहको बताएका छन् । पछिल्लो केहि समय यता बीमा गर्नेका संख्या बढेकाले बीमा क्षेत्रमा ब्यापकता आएको उनले बताए । नेपाली बजारमा जीवन बीमा गराउने संख्यामा बृद्धि भएपछि बीमामा आकर्षण बढेको हो । उनले भने, “अहिले विगत ३–४ वर्षदेखी लाइफ इन्स्योरेन्सको व्यवसाय विस्तारको हिसाबले हेर्दा एकदमै राम्रो छ । अहिले पनि जिवन बीमामा २३ प्रतिशतको हाराहारीको कभरेज छ भन्छौँ । बजार अझै भर्जिन छ । हामीले अपेक्षा गरेको भनेको ५०–६० प्रतिशतसम्म हुनुपर्छ भन्ने हो । अझै धेरै ग्रोथ हुन बाँकी छ । अर्को जीवन बीमा एकदमै क्लिन बिजनेश पनि हो । यसमा अस्वभाविक ग्रोथ पनि हुँदैन र डाउन पनि हुँदैन ।”

जीवन बीमामा गिरावट नआउने भएकाले आकर्षण बढेको उनको भनाई छ । जीवन बीमा क्षणिक नभएर लामो सयमका लागि दह्रो हुने भएकाले बीमा क्षेत्र अझै ब्यापक बन्ने उनले बताए । “दिर्घकालिन लगानीको हिसाबले लाइफ इन्स्योरेन्स आफैमा स्टेवल छ, क्यापिटल मार्केटमा पनि बैंक वित्तिय क्षेत्र, जलविद्युत पछि लाइफ इन्स्योरेन्सकै होल्ड छ नि, यी सेक्टरमध्ये ग्रोइङ सेक्टरचाँही लाइफ इन्स्योरेन्स भएको हुनाले यसमा बढि अपरच्युनिटी छ,” उनले भने ।


प्रतिक्रिया दिनुहोस्