पूँजी वृद्धिको योजना पेश गरेपछि जीवन बीमाका सीईओ र अध्यक्षलाई बोलायो बीमा समितिले « Arthapath.com
१९ बैशाख २०७९, सोमबार

पूँजी वृद्धिको योजना पेश गरेपछि जीवन बीमाका सीईओ र अध्यक्षलाई बोलायो बीमा समितिले



काठमाडौं । बीमा समितिले पूँजी वृद्धि सम्वन्धी छलफल गर्नका लागि जीवन बीमा कम्पनीका सीईओ तथा सञ्चालकलाई बोलाएको छ ।

जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ), अध्यक्ष र सञ्चालकहरुलाई पूँजी वृद्धिवारे छलफल गर्न बोलाईएको बीमा समितिले जनाएको छ । बीमा समितिले बुधबार ४ बजे पूँजी वृद्धि सम्वन्धि छलफल गर्नका लागि जीवन बीमा कम्पनीका सीईओ, सञ्चालक समिति अध्यक्ष र संस्थापक शेयरधनीहरुबाट प्रतिनिधत्व गर्ने एक जनालाई बोलाएको जनाएको हो ।

बीमा समितिले बीमा कम्पनीको पूँजी वृद्धिका लागि योजना पेश गर्न गत चैत १० गते निर्देशन दिएको थियो । जीवन बीमा कम्पनीलाइै न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउन बीमा समितिले निर्देशन दिएको थियो । एक महिना भित्र बीमा कम्पनीहरुलाई पूँजी बृद्धिको योजना पेश गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । सोही बमोजिम बीमा कम्पनीहरुले योजना पनि पेश गरेका छन् ।

जीवन बीमा कम्पनीले पूँजी वृद्धि सम्वन्धि पेश गरेका योजनाका बारेमा छलफल गर्न बोलाएको हो । यसअघि बीमा समितिले गत बैशाख १५ गते बिहीबार निर्जीवन बीमा कम्पनीका सीईओ, सञ्चालक समितिका अध्यक्ष र संस्थापक शेयरधनीहरुसँग छलफल गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्