तेस्रो त्रैमाससम्म रिलायबल नेपाल लाइफको खुद बीमा शुल्क आर्जन २ अर्ब ८३ करोड, अन्य सूचांक कस्तो ? « Arthapath.com
२८ बैशाख २०७९, बुधबार

तेस्रो त्रैमाससम्म रिलायबल नेपाल लाइफको खुद बीमा शुल्क आर्जन २ अर्ब ८३ करोड, अन्य सूचांक कस्तो ?



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा ३.५५ प्रतिशतले बढेर २१ करोड ६ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीका खुद नाफा २० करोड ३४ लाख ४२ हजार रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा खुद बीमा शुल्क २४ प्रतिशतले २ अर्ब ८३ करोड २६ लाख ८० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद बीमा शुल्क १ अर्ब २७ करोड ७२ लाख ९० हजार रुपैयाँ रहेको थियो ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीमा खुद दाबी भुक्तानी १५.३४ प्रतिशतले बढेर ५४ करोड ३३ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ४७ करोड ११ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको जगेडा कोष २५ प्रतिशतले बढेर १ अर्ब ३ करोड ३१ लाख ३१ हजार रुपैयाँ, जीवन बीमा कोष ७६.४० प्रतिशत ४ अर्ब १८ करोड ४५ लाख १४ हजार रुपैयाँ, महाविपत्ती कोष ३०.०४ प्रतिशतले बढेर १० करोड ९ लाख २८ हजार रुपैयाँ, अभिकर्ता कमिशन २९ प्रतिशतले बढेर २१ करोड ६ लाख ५६ हजार रुपैयाँ र बीमालेख धितोमा कर्जा १३३.४९ प्रतिशतले बढेर १२ करोड २९ लाख २ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर नेटवर्थ १८१ रुपैयाँ र प्रतिशेयर आम्दानी २० रुपैयाँ ६ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्