तेस्रो त्रैमाससम्ममा एनएलजी इन्स्योरेन्सको वित्तीय विवरण कस्तो ? « Arthapath.com
२८ बैशाख २०७९, बुधबार

तेस्रो त्रैमाससम्ममा एनएलजी इन्स्योरेन्सको वित्तीय विवरण कस्तो ?



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणमा खुद नाफा घटेको छ ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको खुद नाफा १९.७७ प्रतिशतले घटेर १७ करोड ७ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोढ २८ लाख ३ हजार रुपैयाँ खुुद नाफा कमाएको थियो ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीको खुद बीमा शुल्क ३४.६५ प्रतिशतले घटेर ५५ करोड ७८ लाख ६४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद बीमा शुल्क ८५ करोड ३६ लाख ५६ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ७.८६ प्रतिशतले बढेर ४१ करोड १२ लाख ९९ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सो अवधिमा कम्पनीका खुद दाबी भुक्तानी ३८ करोड १३ लाख २८ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा कम्पनीको जगेडा कोष ५. ४३ प्रतिशतले घटेर ३९ करोड ९८ लाख ९२ हजार रुपैयाँ, महाविपत्ती कोष २४.३४ प्रतिशतले बढेर ५ करोड १२ लाख ३९ हजार रुपैयाँ, बीमा कोष १०.७४ प्रतिशतले बढेर १ अर्ब ११ करोड ४ लाख २ हजार रुपैयाँ, कुल बीमा शुल्क आम्दानी ४.७६ प्रतिशतले बढेर १ अर्ब ७७ करोड १८ लाख ७२ हजार रुपैयाँ र ब्यवस्थापन खर्च २७.६८ प्रतिशतले बढेर २३ करोड ७८ लाख ३६ हजार रुपैयाँ रहेको छ ।

खुद नाफा घटेका कारण प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँले घटेर १८ रुपैयाँ ८८ पैसामा सीमित भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २५ रुपैयाँ ८८ पैसा थियो ।


प्रतिक्रिया दिनुहोस्