बीमा समिति ५४औं वर्षमा प्रवेश, चालु आर्थिक वर्षमा के के भए कार्य « Arthapath.com
१ जेष्ठ २०७९, आईतवार

बीमा समिति ५४औं वर्षमा प्रवेश, चालु आर्थिक वर्षमा के के भए कार्य



काठमाडौं । नेपालको बीमा नियनकारी निकाय बीमा समिति आज २०७९ साल जेठ १ गते आफ्नो ५३ वर्ष पुरा गरी ५४औं वर्षमा प्रवेश गरेको छ । समितिले आज बीमा ब्यवसायलाई विकसित नियमित ब्यवस्थित र नियन्त्रित गर्ने समितिको उद्देश्य तथा जिम्मेवारीलाई सशक्त ढङ्गले अगाडि बढ्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।

२०२६ साल जेठ १ गते तत्कालिन प्रधानमन्त्री कीर्तिनिधि बिष्ट नेतृत्वको मन्त्रिपरिषदको बैठकले बीमा समिति गठन गरेको थियो । चालु आर्थिक वर्षमा समितिले राष्ट्रिय बीमा नीतिको मस्यौदा तयार पारी स्वीकृतिका लागि अथै मन्त्रालयमा पेश, समितिको करिब १० रोपनी जग्गामा ४७ करोड ३७ लाख रुपैयाँको लागतमा कार्यालय भवनको शिलान्यास, बीमा कम्पनीहरुको चुक्तापूँजी वृद्धि गरी जीवन ५ अर्ब पुराउने र निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड रुपैयाँ पुराउने निर्णय, सबै प्रदेशमा प्रादेशिक कार्यालयको स्थापना गर्ने कार्य प्रारम्भ, इजाजत पत्रको दर्ता तथा नवीकरण विद्युतीय माध्यमबाट गर्ने कार्यको सुरुवात, नयाँ सफ्टवेयर संचालनमा ल्याएको, बीमकका शाखा कार्यालय बिस्तार, बीमा क्षेत्रमा कुल ११.९१८ प्रतिशतलाइ प्रत्यक्ष रोजगारी, वित्तीय क्षेत्र विकास रणनीति अन्र्तगतका कार्यहरु सम्पन्न गर्ने कार्य गरेको छ ।

बीमा समितिका अनुसार पछिल्लो एक वर्षमा जीवन र निर्जीवन सहित कुल बीमा लेख संख्या ४१ प्रतिशलते बृद्धि भएको छ । त्यस्तै बीमाको पहुँच ३४ प्रतिशत जनसंख्यामा पुगेको अनुमान गरिएको छ । बीमा समितिका पूर्व सचिव सूर्य प्रसाद सिलवालको अध्यक्षतामा अर्थमन्त्रालयका सह–सचिवहरु रितेश शाक्य र सुशिल कोइराला, बीमा विज्ञ–कानुनका ज्ञाता कपिल देव ओली र बीमितहरुको तर्फबाट सन्तोष रिजाल सञ्चालक छन् ।

बीमा समितिले ५ वर्ष अगाडी १० जीवन र तिन निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिए सँगै हाल बजारमा १९ जीवन र २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यस्तै दुई पुनर्बीमा कम्पनी सहित बजारमा ४१ वटा बीमा कम्पनी पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस्