रिलायबल नेपाल लाइफको साधारण सभा जेठ २५ गते, के के छन् एजेण्डा ? « Arthapath.com
३ जेष्ठ २०७९, मंगलवार

रिलायबल नेपाल लाइफको साधारण सभा जेठ २५ गते, के के छन् एजेण्डा ?



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चौथौ वार्षिक साधारण सभा जेठ २५ गतेका लागि बोलाएको छ । इन्स्योरेन्सको बैशाख २५ गते बसेको संचालक समितिको बैठकले लिसरा ब्यांक्वेट ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी सभा आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७७÷७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले पूँजी वृद्धिका लागि हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । सर्वसाधारणमा ६० रुपैयाँ लाख कित्ता आईपीओ जारी गर्न नियामक निकायमा निवेदन दर्ता गरिसकेको कम्पनीले आईपीओ पश्चात हकप्रद शेयर जारी गर्ने योजना बनाएको हो ।

साथै स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने र संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत तय भएको छ ।


प्रतिक्रिया दिनुहोस्