शिखर इन्स्योरेन्सको अवितरित हकप्रद शेयरमा प्राप्त बोलपत्र भोलि खोलिदैं « Arthapath.com
४ जेष्ठ २०७९, बुधबार

शिखर इन्स्योरेन्सको अवितरित हकप्रद शेयरमा प्राप्त बोलपत्र भोलि खोलिदैं



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलेको अवितरित हकप्रद शेयरमा प्राप्त शिलबन्दी बोलपत्र बिहिबार (जेठ ५ गते) बिहान १० बजे एनआईबिएल एस क्यापिटल लिमिटेड काठमाडौं खोलिदै छ । इन्स्योरेन्स कम्पनीले सर्वसाधारण तर्फको ७७ हजार ७२०.८८ कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।

इन्स्योरेन्स कम्पनीले चैत १ गतेदेखि चैत्र २१ गतेसम्म १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । इन्स्योरेन्स कमपनीले १ सय रुपैयाँ अंकित दरका ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

अवितरित हकप्रद शेयरको मूल्य १ सय रुपैयाँ तोकिएको हुँदा सो वा सो मूल्यभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेशका लागि आव्हान गरेको थियो । इन्स्योरेन्स कम्पनीको शेयरमा न्यूनतम १ सय कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन माग गरेको हो ।

इन्स्योरेन्सको शेयरको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्