आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँट « Arthapath.com
४ जेष्ठ २०७९, बुधबार

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँट



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको अवितरित हकप्रद शेयरमा प्राप्त शिलबन्दी बाँडफाँट गरेको छ । इन्स्योरेन्स कम्पनीले बैशाख १२ गतेदेखि बैशाख २१ गतेसम्म ९१ हजार १९५ कित्ता शेयर लिलामीमा बिक्री खुला गरेको थियो ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र वैशाख २८ गतेका दिन विक्री प्रबन्धकको कार्यालय नक्साल, काठमाडौंमा खोली फेसबुकमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो । जेठ ३ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिको बैठकले उक्त शेयर बाँडफाँट गरेको हो ।

इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको २ हजार २६१ कित्ता र सर्वसाधारण समूहतर्फको ८८ हजार ९३४ कित्ता शेयर गरी कूल ९१ हजार १९५ कित्ता शेयर लिलामी प्रक्रियाबाट बिक्री खुला गरेको थियो ।

शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्