अजोड इन्स्योरेन्सले ३ दिने बीमा अभिकर्ता सम्बन्धी तालिम संचालन गर्ने « Arthapath.com
१२ बैशाख २०८०, मंगलवार

अजोड इन्स्योरेन्सले ३ दिने बीमा अभिकर्ता सम्बन्धी तालिम संचालन गर्ने



काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले कुस्मा नगरपालिका पर्वतमा कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता सम्बन्धी तालिम संचालन गर्ने भएको छ ।

कम्पनीले बैशाख २८ गते देखि ३० गत बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म तालिम सञ्चालन गर्ने छ र परीक्ष भने बैशाख ३० गते बेलुका ४ बजे देखि ५:३० बजे सम्म हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले तालिम लिनको लागि एस.एल.सी वा सो सरहको परीक्ष उत्र्तीण गरी कृषि तथा पशु वा बनस्पति विज्ञानमा १ वर्ष प्राविधि तालिम प्राप्त गरेको इच्छुक व्यक्तिहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको ठेगनामा आवश्यक काजात र ५ सय रुपैयाँ संकलन गरेर आवेदन दिन सकिन्छ ।

साथै, अभिकर्ताले बीमा इजाजत पत्र प्राप्त लिन बाँकी रहेका व्यक्तिहरुले पनि ३० गते सञ्चालन हुने परीक्षमा सहभागी हुन मिल्ने छ ।


प्रतिक्रिया दिनुहोस्