आइएमई लाइफले बनायो सेयरधनी मख्ख, ३४.५० प्रतिशत लाभांश दिने निर्णय « Arthapath.com
२० बैशाख २०८१, बिहीबार

आइएमई लाइफले बनायो सेयरधनी मख्ख, ३४.५० प्रतिशत लाभांश दिने निर्णय



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले बम्बर लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशत लाभांश दिने भएको हो ।

बैशाख १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ९.५० प्रतिशत नगद लाभांश रहेको दिने भएको छ ।

अब उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरणहुनेछ ।


प्रतिक्रिया दिनुहोस्