निर्जीवन बीमा कम्पनीको बिजनेश ३० अर्ब नाघ्योः पहिलो नम्वरमै शिखर, सगरमाथा लुम्बिनीको पछिपछि सिद्धार्थ प्रिमियर « Arthapath.com
१२ बैशाख २०८०, मंगलवार

निर्जीवन बीमा कम्पनीको बिजनेश ३० अर्ब नाघ्योः पहिलो नम्वरमै शिखर, सगरमाथा लुम्बिनीको पछिपछि सिद्धार्थ प्रिमियर



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले नौं महिनामा ३० अर्ब बढी बीमा शुल्क आर्जन गरेको छन् । संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्ममा ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

चैत मसान्तसम्ममा कम्पनीहरुले २१ लाख ६६ हजार ३२८ बीमालेख बिक्री गरि सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् । चैत महिनामा मात्रै कम्पनीहरुले ४ अर्ब १४ करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले चैत महिनामा २ लाख ८९ हजार ८८३ वटा बीमालेख बिक्री गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले संकलन गरेको छ । समिक्षा अवधिमा कम्पनीले ४ अर्ब १५ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो ।

दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ४८ करोड १३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यता, सिद्धार्थ प्रिमियर भने ३ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ ।

यस्तै, हिमालयन एभरेष्ट र नेको इन्स्योरेन्सले भने क्रमशः २ अर्ब २९ करोड ४९ लाख र २ अर्ब २६ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन ।

समिक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ९९ करोड ५२ लाख, एनएलजीले १ अर्ब ८१ करोड १२ लाख, सानिमा जिआईसीले १ अर्ब ६५ करोड ४६ लाख , अजोडले १ अर्ब ४४ करोड ३२ लाख, आइएमई जनरलले १ अर्ब ४२ करोड २२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

त्यसैगरि प्रभु इन्स्योरेन्सले १ अर्ब १५ करोड ४९ लाख, नेपाल इन्स्योरेन्सले १ अर्ब १५ करोड १० लाख, ओरियण्टलले १ अर्ब ७ करोड ३९ लाख र प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

समिक्षा अवधिमा सबैभन्दा कम बीमा शुल्क नेशनल र युनाईटेड इन्स्योरेन्सको देखिएको छ । यी दवुै कम्पनीहरुले चैत मसान्तसम्ममा भने क्रमशः ७६ करोड ३२ लाख र ९५ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरका हुन् ।


प्रतिक्रिया दिनुहोस्