हिमालयन रिइन्स्योरेन्सले कमायो साढे २५ करोड नाफा, जगेडा र बीमा कोषको आकारमा उल्लेख्य वृद्धि « Arthapath.com
३० जेष्ठ २०८०, मंगलवार

हिमालयन रिइन्स्योरेन्सले कमायो साढे २५ करोड नाफा, जगेडा र बीमा कोषको आकारमा उल्लेख्य वृद्धि



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको छ ।

विवरण अनुसार चालु आवको ९ महिनासम्ममा कम्पनीले २५ करोड ४४ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाउको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा २९.५१ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्ममा कम्पनीले १९ करोड ६४ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन ३ अर्ब ५८ करोड ९१ लाख ३४ हजार रुपैयाँ रहेको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ५८२.३८ प्रतिशतले बढी हो ।

सो अवधिमा कम्पनीले २४ करोडढ ७२ लाख ६१ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । तर, भुक्तानी हुन बाँकी दावी ६२ करोड ६९ लाख २९ हजार रुपैयाँ देखिएको छ । यस्तै, पुनीर्बीमा कमिशनका लागि कम्पनीले ८२ करोड ५० लाख ९६ हजार रुपैयाँ खर्चिएको छ ।

कम्पनीको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ छ । कम्पनीको जगेडा कोष भने ९२.३३ प्रतिशतले वृद्धि भई ३८ करोड ५८ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।

बीमा कोषका आकार पनि १३ करोड ६९ लाख ७८ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको तेस्रो त्रैमासको तुलनामा २८.४२ गुणाले बढी हो ।


प्रतिक्रिया दिनुहोस्