नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
६ असार २०८०, बुधबार

नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज (असार ६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि असार ७ गते बुक क्लोज गर्ने भएको हुदाँ असार ६ गते सम्म कायम सेयरधनीले मात्रै सभामा सहभागि हुन् र प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ४.७५ प्रतिशथ बोनस सेयर र कर प्रयोजन सहित गरेर ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले ८औं वार्षिक साधारण सभा असार १५ गते बोलाएको छ । जेठ २५ गते बसेको सञ्चालक समितिको बैंठकले सभा अमृतभोग, ककालिका स्थान, कााठमाडौंमा बिहान ११:३० बजे बस्ने आव्हान गरेको हो ।

सभामा कम्पनीले लेखापरीक्षको प्रतिवेदन सहित २०७९ असार मसान्तको वसालत र २०७८/०७९ को नाफा, नोक्सान हिसाब सम्बन्धि अनुसूचीहरु छलफल पारित गर्नेछ ।

सभामा बाह्य लेखापरिक्षकमा टिआर उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स,लालदरबार काठमाढडौंलाई नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने भएको छ ।

सभामा कम्पनीको प्रबन्धपत्र प्रस्ताववित संशोधन नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्रप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्ने सञ्चालकलाई अख्तियारी प्रदान गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्