हिमालयन लाइफको सेयर आजदेखि कारोबारमा आउने, कति छ ओपनिङ्ग रेञ्ज ? « Arthapath.com
७ असार २०८०, बिहीबार

हिमालयन लाइफको सेयर आजदेखि कारोबारमा आउने, कति छ ओपनिङ्ग रेञ्ज ?



काठमाडौं । आजदेखि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

साविकको युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ एक आपसमा गाभिएर बनेको हिमालयन लाइफको सेयर बिहीबारदेखि कारोबारमा आउने भएको हो ।

यीत तीनै वटा कम्पनी मर्जरपछि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधवार ८ करोड २ लाख ३ हजार ८३६.०२ कित्ता सेयर बुधवार नेप्सेमा सूचीकृत भएको छ ।

बुधवार सेयर सूचीकृतसंगै कम्पनीको सेयर कारोबार फुकुवा गरेको नेप्सेले जनाएको छ । कम्पनीको सेयरलाई नेप्सेले एचएलआई स्टककोड प्रदान गरेको छ । नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि ३४६ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेन्ज तोकेको छ । यसकै आधारमा भोलि अर्थात जेठ ७ गते बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

यी तीनै वटा कम्पनीहरु १ः१ को अनुपातमा एक आपसमा गाभिएका दिए । मर्जर प्रयोजनको लागि यी कम्पनीको सेयर कारोबार रोक्का रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्