दोब्बर बढ्यो सानिमा रिलायन्स लाइफको नाफा, खुद बीमा शुल्क आर्जन पनि १३७ प्रतिशत वृद्धि « Arthapath.com
२८ माघ २०८०, आईतवार

दोब्बर बढ्यो सानिमा रिलायन्स लाइफको नाफा, खुद बीमा शुल्क आर्जन पनि १३७ प्रतिशत वृद्धि



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा दोब्बर बढेको छ । कम्पनीले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीको नाफा ९६.४८ प्रतिशत बढेर २१ करोड ९७ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीले ११ करोड १८ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको खुद बीमा शुल्क आर्जन पनि २ अर्ब ६२ करोड ६ लाख १३ हजार रुपैयाँ पुगेको छ । यो वर्षको तुलनामा १३७.०५ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १ अर्ब १० करोड ५४ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद दावी भुक्तानी पनि ३२ करोड ७ लाखबाट बढेर ९४ करोड २८ लाख रुपैयाँ पुगेको हो । समिक्षा अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १६६.४१ प्रतिशत बढेर ७४ करोड ४५ लाख ५६ हजार रुपैयाँ कायम भएको छ ।

६ महिनामा कम्पनीको कुल आम्दानी ३ अर्ब ४० करोड १६ लाख र कुल खर्च ३ अर्ब १८ करोड ४३ लाख रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ । कम्पनीको रिटेन्ड अर्निङ्गमा ९२ करोड १५ लाख र अन्य इक्विटीमा २ करोड ४२ लाख रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) १० रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ४४ पैसा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्