लाभांश पारित गर्न सिद्धार्थ प्रिमियरले डाक्यो साधारण सभा, संचालकको निर्वाचन पनि हुने « Arthapath.com
२ फाल्गुन २०८०, बुधबार

लाभांश पारित गर्न सिद्धार्थ प्रिमियरले डाक्यो साधारण सभा, संचालकको निर्वाचन पनि हुने



काठमडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले साधारण सभा बोलाएको छ । कम्पनीले यो वर्ष सेयरधनीलाई दिन प्रस्ताव गरेका लाभांश पारितको मुख्य एजेन्डासहित साधारण सभा बोलाएको हो ।

कम्पनीले आउँदो फागुन ३० गते सभा गर्ने भएको छ । सभा काठमाडौंको लिसारा रिसेप्सन, भगवती बहाल बिहान ११ बजे शुरु हुनेछ ।

सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सोही सभाले संचालकको पनि टुंगो लगाउने छ । सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्र्नेछ । यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु सभामा पारित हुनेछन् ।

सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागनु ११ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्