पुनर्बिमा कम्पनीमा रहेको २० लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै आइजीआई, प्रतिकित्ता २८० रुपैयाँमै किन्ने मौका « Arthapath.com
८ फाल्गुन २०८०, मंगलवार

पुनर्बिमा कम्पनीमा रहेको २० लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै आइजीआई, प्रतिकित्ता २८० रुपैयाँमै किन्ने मौका



काठमाडौं । आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सले आफ्नो स्वामित्वमा नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्री खुला गरेको छ ।
आइजीआईले नेपाल पुनबीमा रहेको २० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर आज अर्थात् फागुन ८ गतेदेखि बोलकबोलमार्फत सेयर बिक्रीमा ल्याएको छ । सेयरको न्यूनतम प्रतिकित्ता मूल्य २८० निर्धारण गरिएको छ।

उक्त सेयर खरिदका लागि पुनर्बिमा कम्पनीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्। आवेदन आजैका मितिले ३५ दिन अर्थात् आगामी चैत १२ गतेभित्र दिनपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरे सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ । सेयर खरिद गर्न इच्छुकले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंमा न्यूनतम मूल्यमा नघट्ने गरी आवेदन पेश गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्