विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन थप एग्रेसिभ बन्दै हिमालयन रि, भारतबाट १ हजार करोडको व्यवसाय ल्याउने « Arthapath.com
८ चैत्र २०८०, बिहीबार

विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन थप एग्रेसिभ बन्दै हिमालयन रि, भारतबाट १ हजार करोडको व्यवसाय ल्याउने



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले विदेशबाट पुनर्बीमा व्यवसाय भित्रउान अग्रसरता देखाएको छ ।

कम्पनीले बहुप्रतिष्ठित रेटिङ एजेन्सी एएम बेष्ट बाट हालै मात्र प्राप्त गरेको बि प्लस रेटिङको मद्दतमा विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन अग्रसर भएको हो ।

कम्पनीले भारत, सिंगापुर, दुबई र थाइल्याण्डमा शाखा विस्तार गर्ने प्रकृया अगाडि बढाइरहेको छ । सो देशहरुमा शाखा विस्तार गर्न सकेमा कम्पनीलाई युरोप, मध्य पूर्व, दक्षिण पूर्व, अफ्रिका तथा अष्ट्रेलिया जस्ता प्रान्तहरुबाट पुनर्बीमा व्यवसाय भित्र्याउन मार्ग प्रशस्त हुनेछ ।

केही महिना अघिमात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न आवश्यक एफआरएन नम्बर प्राप्त गरेको कम्पनीले भारतमा शाखा विस्तार गरे थियो । योसँगै केही वर्ष भित्रै भारतबाट अनुमानित १ हजार करोड बराबरको पुनर्बीमा व्यवसाय भित्र्याउन सफल हुने अपेक्षा कम्पनीले लिएको छ ।

कम्पनीेको हालै सम्पन्न तेश्रो वार्षिक साधारण सभाले कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेसँगै कम्पनीको जोखिम वहन गरेको क्षमता समेत बढेको छ । जसको कारणले विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन थप टेवा पुग्ने देखिन्छ ।

कम्पनीले अपेक्षा अनुसार विदेशबाट पुनर्बीमा व्यवसाय आर्जन गर्न सकेमा देशको लागि अमूल्य विदेशी विनियम भित्र्याउन सफल मात्र नभई कम्पनीले जुन “टेकिङ्ग नेपाल टु दि वल्र्ड” भन्ने नारा बाकेको छ, सो नारा बमोजिम नेपाललाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सफल हुने निश्चित प्राय देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्