निर्जीवन बीमा व्यवसायमा ‘शिखर’ नै नम्बर वान्, सलिकोलाई पच्छ्याउँदै सिद्धार्थ प्रिमियर र आइजीआई « Arthapath.com
१४ बैशाख २०८१, शुक्रबार

निर्जीवन बीमा व्यवसायमा ‘शिखर’ नै नम्बर वान्, सलिकोलाई पच्छ्याउँदै सिद्धार्थ प्रिमियर र आइजीआई



काठमाडौं । ९ महिनामा निर्जीवन बीमा कम्पनीहरुले सवा ३० अर्ब बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा ठुला १४ वटा र चार वटा लघु निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब १५ करोड ३० लाख २३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा भने सामान्य (०.४६ प्रतिशत मात्र) बढी हो । गत आवको चैत मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल ३० अर्ब १ करोड ४८ लाख ४० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

समिक्षा अवधिमा ठुला निर्जीवन बीमा कम्पनीहरुले कुल २१ लाख ९३ हजार ५४७ वटा बीमालेख बिक्री गरि २९ अर्ब ९९ करोड ७६ लाख ८६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यता, निर्जीवन लघु बीमा कम्पनीहरुले ९ महिनामा १५ करोड ५३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

निर्जीवन बीमा व्यवसायमा शिखर नै नम्बर वान्, सगरमाथालाई पच्छ्याउँदै सिद्धार्थ

निर्जीवन बमिा व्यवसायमा शिखर इन्स्योरेन्स नै नम्वार वान् देखिएको छ । कम्पनीले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गरेको छ । नौ महिनामा कम्पनीले ४ अर्ब २२ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । समिक्ष अवधिमा शिखरले २ लाख ४१ हजार ५४८ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको हो । शिखरले मर्जर बिना नै व्यवसायमा आफूलाई अब्बल बनाएको छ । मर्ज भएका कम्पनीहरुले पनि शिखरलाई उछिन्न सकेका छैनन् ।

साविकको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी इन्स्योरेन्स एक आपसमा गाएिर बनेको सगरमाथा लुम्बिनी (सलिको) ले भने शिखरलाई पच्छ्याएको देखिन्छ । व्यवसायको आधारमा सलिको दोस्रो स्थानमा छ । चालु आवको ९ महिनामा सलिकोले कुल ३ अर्ब ५३ करोड ३० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

तेस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। समिक्षा अवधिमा आइजीआई प्रुडेन्सियलले २ अर्ब ६४ करोड २ लाख, हिमालयन एभरेष्टले २ अर्ब ५४ करोड ८९ लाख, नेकोले २ अर्ब ३९ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यता, युनाईटेड अजोडले १ अर्ब ९७ करोड ८३ लाख, एनएलजीले १ अर्ब ८३ करोड ३६ लाख, सानिमा जिआइसीले १ अर्ब ७८ करोड २१ लाख, ओरियण्टलले १ अर्ब ५१ करोड ८३ लाख, प्रभुले १ अर्ब ३२ करोड ६८ लाख, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३० करोड ६४ लाख, नेपाल इन्स्योरेन्सले १ अर्ब १४ करोड ५४ लाख र नेशनल इन्स्योरेन्सले ८७ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

निर्जीवन लघुबीमा व्यवसाय कस्तो ?

चालु आवको ९ महिनामा निर्जीवन लघुबीमा कम्पनीहरुले कुल १५ करोड ५३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । समिक्षा अवधिमा चार वटा लघुबीमा निर्जीवन बीमा कम्पनीहरुले कुल ६८ हजार ७७९ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।

सबैभन्दा धेरै बीमा शुल्क नेपाल माइक्रोले उठाएको छ । समिक्षा अवधिमा कम्पनीले ६ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ३३ हजार ७०४ वटा लघु निर्जीवन बीमालेख बिक्री गरेको हो ।

यस्तै, दोस्रो सूचीमा रहेको प्रोटेक्टिभ माइक्रा इन्स्योरेन्सले भने १५ हजार ६२३ वटा लघुबीमालेख बिक्री गरि ४ करोड ९८ लाख ३४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

समिक्षा अवधिमा स्टार माइक्रोले ३ करोड २८ लाख ९९ हजार र ट्रस्ट माइक्रोले ६३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
यी चारै वटा निर्जीवन लघुबीमा कम्पनीहरुले चैत महिनामा मात्रै २३ हजार ४२१ वटा बीमालेख बिक्री गरि ५ करोड २० लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् ।


प्रतिक्रिया दिनुहोस्