खल्लो बन्दै तिज, आज दर खाइँदै (के हो दर भनेको ?) « Arthapath.com
४ भाद्र २०७७, बिहीबार

खल्लो बन्दै तिज, आज दर खाइँदै (के हो दर भनेको ?)



काठमाडौं । आज विहिबारदेखी काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा जारी भएपछि महिलाहरुको महान पर्व तिज फिक्का भएको छ । तिजको पहिलो दिन आज दर खाइँदै छ ।
भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीज कोरोनाका कारण खल्लो भएको छ । आज दरखाइँदै छ भने भोलि शुक्रबार तीजको निराहार व्रत बस्ने प्रचलन छ ।

आज दर खाइँदै छ । दरसंगै नेपालीले अन्य मिष्ठान्न प्रकार खाने प्रचलन रहेको छ । विगतका वर्षहरुमा तिज आउना १ महिना अघिदेखी छ नारीहरु जम्मा भएर दर खाने रमाइलो गरेर नाच्ने प्रचलन भएपनि कोरोनाका कारण सरकारले देशभर निषेधाज्ञा जारी गरेकाले विगतको जस्तो रमाइलो छैन

के हो दर भनेको ?

दर भनेको एक प्रकारको मिष्ठान्न भोजन हो । तिजको ब्रत बस्ने अघिल्लो दिन खाइने मिष्ठान्न प्रकार नै दर हो । भाद्र शुक्ल दितियाको दिनमा मिष्ठान्न भोजनलाई बनाएर राती १२ बजे उठेर खाइने प्रचलनलाई दर खाने भनिन्छ । भोलपल्ट ब्रत बस्ने महिलाहरुलाई अबेरसम्म भोक नलागोस भनेर खाइने विषेस भोजननै दर हो । यो खानेकुरा आडिलो हुन्छ ।


प्रतिक्रिया दिनुहोस्