प्रभु लाइफ इन्स्योरेन्सको ६० करोड ६० लाख कित्ता आइपीओ मंसिर २९ देखि

काठमाडौं । सेयर बजारमा ६० करोड ६० लाख कित्ता प्रथामिक सेयर आईपिओ आउन लागेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाईसकेको प्रभु लाइफ इन्स्योरेन्सले सो सेयर निष्कासन गर्न लागेको हो ।
प्रभु समुहद्वरा प्रवद्र्धित प्रभु लाइफ इन्स्योरेन्सले मंसिर २९ गते सोमबारदेखी प्रति कित्ता १०० रुपैयाँका सेयर सर्वसाधारणको लागी निस्कासन गर्न लागेको हो । आईपीओमा पुस २ गतेसम्म आवेदन दिन पाइने छ । ६० लाख साधारण सेयरमा ३ लाख कित्ता कर्मचारीको लागी छुट्याएको छ । त्यसैगरी कम्पनीले ३ लाख कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ भने बाँकी रहेको ५४ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
सर्वसाधारणले आईपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन । यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । आईपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी–आइआर बीबी प्लस’ दिएको छ ।
उक्त सेयरमा लगानीकर्ताले सी–आस्वा सदस्य पाएका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन । यस्तै मेरो सेयरबाट पनि आवेदन दिन पाउने छन । सेयर निष्कासन पछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्ने छ ।