आर्थिक बृद्धिदर ७ प्रतिसतको लक्ष्य, कोरोनाले ४.०१ प्रतिशत पनि कठिन « Arthapath.com
१४ जेष्ठ २०७८, शुक्रबार

आर्थिक बृद्धिदर ७ प्रतिसतको लक्ष्य, कोरोनाले ४.०१ प्रतिशत पनि कठिन



काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोरोना महामारीले गर्दा मुलुकको आर्थिक बृद्धिदर ४.०१ प्रतिशत पनि भेट्न कठिन रहेको बताएका छन ।
अर्थमन्त्री पौडेलले चालु आवमा ४.०१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुन कठीन हुने देखिएको बताएका छन ।

अर्थमन्त्री पौडेलले शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दे चालु आवको आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन । सो सार्वजनिक समारोहमा पौडेलले ४ प्रतिशत आर्थिक वृद्धि अनुमान गरिएकामा तेस्रो चौमासिकमा आएको कोरोना माहामारीका कारण देशमा भएको् निषेधाज्ञाले प्रभावित भएको बताए ।

गत वर्षनै सरकारले चालु बर्ष आर्थिक बृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो । देशभरनै कोरोनाले आर्थिक गतिविधि सुस्ताएकाले लक्ष्य अनुसारको पुरा गर्न नसकिएको अर्थमन्त्री पौडेलले बताए ।

Tags :

प्रतिक्रिया दिनुहोस्