आइतबार सामान्य अंकले घट्यो नेप्से, एचआइडीसीएलका लगानिकर्ताले सबैभन्दा धेरै गुमाए « Arthapath.com
२८ कार्तिक २०७८, आईतवार

आइतबार सामान्य अंकले घट्यो नेप्से, एचआइडीसीएलका लगानिकर्ताले सबैभन्दा धेरै गुमाए



काठमाडौं । साताको पहिलो दिन आज आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । गत बिहिबार ५९ अंकले घटेको बजार यस दिन उतार चडावका विच बजार १.३८ अंकले घटेर कारोबार मापक नेप्से परिसुचक २६८८.९२ अंकमा पुगेर बजार बन्द भएको छ ।

आज दिनभर २ सय ३० कम्पनिको ७ करोड ४३ लाख ४ हजार ५ सय ३७ कित्ता शेयर ६१ हजार ४ सय ५ पटक किनबेच हुदा ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५ सय ३५ रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपालका लगानीकर्ताले कमाएका छन्। कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । त्यसैगरी इड्राइलेक्ट्रिसिटि एण्ड इन्भेष्टमेन्ट कम्पनी (एचआइडीसीएल) का लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्