सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
९ श्रावण २०८०, मंगलवार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको तेस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । मंगलबार (आज) छापावला सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन (सोमबार) छापावला सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । आज प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्