सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
१० श्रावण २०८०, बुधबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको चौथो कारोबारको दिन सुनको मूल्य प्रतितोला पाँचा सय रुपैयाँले बढेको छ ।

बुधबार (आज) छापावला सुनको मूल्य प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन मंगलबार छापावला सुन प्रतितोला १ लाख १२ हजार दुई रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला एक लाख १२ हजार १५० रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्