एलजीको घरायसी सामान खरिदमा आकर्षक नगद छुट, १ लाखको दुर्घटना बीमा सुविधा, अन्य के-के ? « Arthapath.com
२२ चैत्र २०८०, बिहीबार

एलजीको घरायसी सामान खरिदमा आकर्षक नगद छुट, १ लाखको दुर्घटना बीमा सुविधा, अन्य के-के ?



काठमाडौं । नेपालको सबैभन्दा धेरै बिक्री हुने अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले नयाँ बर्ष २०८१ लाई लक्षित गर्दै नयाँ योजना ल्याएको छ।

नयाँ बर्षको सुखद सुरुवात, नगद र उपहारको साथ नामक योजना अघि सारेको हो । योजना अन्तर्गत ग्राहकहरुले एलजीका घरायसी सामानहरु खरिद गर्दा नगद छुट र पक्का उपहारका साथै १ लाख रुपैयाँको दुर्घटना बीमा तथा लक्की ड्र मा एलजी ओलेड टिभी हरेक महिना जित्न सकिने छ ।

एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिङ्गल डोर रेफ्रिजेरेटर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरुले ४०५ रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

साथै एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा माइक्रोवेभ ओभन, एलजी डबल डोर रेफ्रिजेरेटर (३०८ लिटर र माथि)को खरिदमा मिक्सर वा भेजिटेबल प्युरिफायर, एलजी डबल डोर रेफ्रिजेरेटर (२८५ लिटर सम्म) को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन (१० केजी र माथि) को खरिदमा इन्डक्सन कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन (९ केजी सम्म)को खरिदमा ६ केजी डिटरजेन्ट पाउडर, एलजी टप लोड तथा टुइन टब वाशिङ मेसिनको खरिदमा ४ लिटर डिटरजेन्ट लिकुइद, एलजी डिस वासरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने कीट र एलजी एयर प्युरिफायरको खरिदमा एयर हिउमिडिफायर प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै एयर सलुसन तर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले फ्री इन्स्टलेशन सेवा पाउनेछन् ।

साथै ग्राहकहरुले हरेक महिना लक्की ड्र मार्फत २ वटा एलजी ओलेड टिभी जित्न सक्नेछन् । कुनै पनि एलजी टि।भी को खरिदमा १ लाख रुपैयाँको दुर्घटना बिमा पनि प्राप्त गर्न सक्नेछन् । बिमा मार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपुर्ती दाबी गर्न सक्नेछन् ।

ग्राहकहरुले लक्की ड्र र दुर्घटना बिमामा समाबेश हुन बिज्ञापनमा दिईएको छुट्टा छुट्टै क्युआर कोड स्क्यान गरेर मागिएको विवरण भरेर रजिस्टर गर्नु पर्नेछ । यसका साथै शुन्य ५ ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामान सँग एलजीको सामान सँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ ।

यो योजना चैत्र २१ गते देखी नेपाल अधिराज्यभरी सिमित अवधी को लागि लागू गरिएको कम्पनीले जनाएको छ। नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुज अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।


प्रतिक्रिया दिनुहोस्