थप महँगियो सुन, आज कतिमा हुँदैछ खरिदबिक्री ? « Arthapath.com
७ बैशाख २०८१, शुक्रबार

थप महँगियो सुन, आज कतिमा हुँदैछ खरिदबिक्री ?



काठमाडौं । सुनको भाउ थप महँगिएको छ । नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेको हो ।

आजका लागि छावावाला सुनको भाउ १ लाख ३९ हजार ३०० रुपैयाँ तोकिएको छ । जुन हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ३८ हजार ६५० रुपैयाँ कायम भएको छ।

साताको अन्तिम कारोबार दिनका लागि चाँदीको भाउ १ हजार ७२० रुपैयाँ तोकिएको छ । तर, बिहीबारको तुलनामा भने प्रतितोला ५ रुपैयाँले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्