उपत्यकामा उत्पादित रायोको साग खानको लागि अयोग्य, भेटियो अत्यधिक विषादी « Arthapath.com
२४ पुष २०८१, बुधबार

उपत्यकामा उत्पादित रायोको साग खानको लागि अयोग्य, भेटियो अत्यधिक विषादी



काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र उत्पादित रायोको साग खानको लागि अयोग्य देखिएको छ । कालीमाटी तरकारी बजार विकास समितिका अनुसार काठमाडौँ र भक्तपुरमा उत्पादित रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको हो । सागमा कार्वामेट र अर्गानोफस्फेटको मात्रा धेरै भेटिएको छ ।

काठमाडौंमा उत्पादित सागमा ९० प्रतिशतभन्दा धेरै विषादी भेटिएको छ भने भक्तपुरना उत्पादित सागमा ७५ प्रतिशतसम्म विषादी भेटिएको छ । कालिमाटी तरकारी बजारस्थित ६५३ नम्बरको पसलमा श्रीराम आचार्यले बिक्रीका लागि राखेको काठमाडौँमै उत्पादित रायोको सागमा ९२.२४५ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको समितिले जनाएको छ ।

त्यस्तै, कालिमाटीस्थित कृष्णमाया तामाङको ६२४ नम्बरको पसलमा बिक्रीका लागि राखिएको भक्तपुरमा उत्पादित रायोको सागमा ५५.६१९६ प्रतिशत कार्वामेट र ७५.५५१ प्रतिशत अर्गानोफस्फेट नामक विषादीमा मात्रा भेटिएको हो ।

यसअघि सोमबार पनि भक्तपुरबाट ल्याइएर कालिमाटी तरकारी बजार पसल नम्बर ५५४ मा चेतनाथ सिलवालले बिक्रीका लागि राखिएको रायोको सागमा ९९.३८०९ प्रतिशत अर्गानोफस्फेट भेटिएको थियो ।

कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य ३५ देखि ४५ प्रतिशतसम्म केहिदिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।


प्रतिक्रिया दिनुहोस्