एसबिएल रेमिटको भुक्तानी अब इजीलिंक रेमिट्यान्स बाट « Arthapath.com
१ श्रावण २०७७, बिहीबार

एसबिएल रेमिटको भुक्तानी अब इजीलिंक रेमिट्यान्स बाट




काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको रेमिट्यान्स एसबिएल रेमिटले आफ्नो प्रिन्सिपल एजेन्टको रुपमा इजीलिंक रेमिट्यान्स लाई नियुक्ती गरि भुक्तानी गर्ने सम्बन्धि सम्झौता भएको छ ।


एसबिएल रेमिटको प्रिन्सिपल एजेन्टको रुपमा नियुक्ती भएको सम्झौता पत्रमा इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपि अर्याल र सिद्धार्थ बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले हस्ताक्षर गरेका छन ।


सम्झौतासंगै सिद्धार्थ बैंक लिमिटेडको रेमिट्यान्स एसबिएल रेमिट मार्फत विश्वका बिभिन्न देशहरुबाट पठाएको रकम इजीलिंक रेमिट्यान्सको नेपालभरी रहेको ६५०० भन्दा धेरै एजेन्टहरु मार्फत सजिलै भुक्तानी लिन सकिने भएको छ ।


अब इजीलिंक रेमिट्यान्सले एसबिएल रेमिटका सेवाग्राहीहरुले थप सहज तवरले नेपालको जुनसुकै स्थानबाट इजीलिंक रेमिट्यान्सको नेटवर्क मार्फत पैसा निकाल्न सक्ने र बिदेशबाट पठाएको पैसालाइ छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पु¥याउन थप सहज हुने इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डिपि अर्यालले बताए ।


इजीलिंक रेमिट्यान्सले बिगत २२ बर्षदेखी विश्वका बिभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाउँदै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्