भारतमा ११ महिनामै १ लाख थान बिक्यो किया « Arthapath.com
१९ श्रावण २०७७, सोमबार

भारतमा ११ महिनामै १ लाख थान बिक्यो किया



काठमाडौं । कियाले भारतमा डेब्यु गरेको ११ महिनाभन्दा थोरै बढी अवधिमा एक लाखभनदा बढी एसयुभी बिक्री गरेको छ ।
कियाले सन् २०१९ को अगस्टमा आफ्नो पहिलो मोडल रुपमा सेल्टोस भारतीय बजारमा सार्वजनिक गरेको थियो ।
त्यसयताको अवधिमा किया सबैभन्दा तीव्र गतिमा एक लाख थान एसयुभी बिक्री गर्ने अटोमेकर बन्न सफल भएको छ ।
कोरियाली अटो निर्माता कियाले आफ्ना जम्मा दुईवटा मोडल–कार्निभल प्रिमियम एमपिभी र सेल्टोस एसयुभी––बाट यो उपलब्धि हासिल गरेको हो ।
मोडलगत प्रगति हेर्दा यसै वर्षको सुरुतिरको अटो सोमा भारत प्रवेश गरेको कार्निभल तीन हजार ६१४ युनिट बिक्री भएको छ ।
सेल्टोस ९७ हजार ७४५ थान बिक्री भएर छोटो अवधिमै भारतमा सबैभन्दा बढी बिक्री हुने युटिलिटी भेहिकल बन्न सफल भएको छ ।
सेल्टोस बजारमा आएदेखि नै लोकप्रिय रहेको र त्यसयता पनि लोकप्रियता कायम गर्न सक्दा यसले लोकप्रिय एयसुभीको उपाधि हात पारेको हो ।


प्रतिक्रिया दिनुहोस्