नेपाल उद्योग परिसंघमा ऊर्जा विकास परिषद्को गठन « Arthapath.com
२२ श्रावण २०७७, बिहीबार

नेपाल उद्योग परिसंघमा ऊर्जा विकास परिषद्को गठन



काठमाडौं । नेपालउद्योग परिसंघले समग्र ऊर्जा क्षेत्रको विकास र विस्तारको लागि नीति गतव्यवस्थामा सुधार गर्दै सरकारसँग सहकार्य गर्नको लागि परिसंघ भित्रऊर्जा विकास परिषद्को पुनरगठन गरेको छ ।


विगत वर्षहरुदेखि नै परिषद्को गठन भएर यसकागतिविधिहरु सञ्चालन गरिरहेकोमा हालऊर्जा क्षेत्रमा देखिएको थप सम्भावना र चुनौतिहरुको विश्लेषण गरि ऊर्जा क्षेत्रको रणनीतिका साथै नीतिगतव्यवस्थाएवम् छलफल मार्फत ऊर्जा क्षेत्रको विकास र विस्तार गर्नको लागि परिसंघबाट उक्त परिषद्को गठन गरिएको छ ।


नेपाल सरकारले सार्वजनिकनिजी साझेदारी मार्फत ऊर्जा क्षेत्रको विकासमाउल्लेख्य वृद्धि गर्नसक्ने सम्भावना रहेकोले सरकारसँग नीतिगत छलफलको माध्यमबाट ऊर्जालाई नाफामूलक वस्तुको रुपमा यस परिषदमार्फत अगाडी बढाउने योजना परिसंघको रहेकोछ ।


ऊर्जा क्षेत्रमा सबभन्दाकमप्रतिव्यक्तिआयभएपनिहाल नेपालमाऊर्जा क्षेत्रमाकूल बजेटभन्दा बढी खर्च भएको देखिन्छ । त्यसैगरी दाउरामा परनिर्भरताहुनु र गोबर ग्यास बालेर कृषिमाप्रयोग हुने मलखाद कृषि क्षेत्रमाउपयोग नगरी खेर गइरहेको छ ।


आन्तरिक मागको ४ प्रतिशतमात्रऊर्जा उपलब्धभएको नेपालमाआन्तरिक मागको २० प्रतिशतऊर्जा मात्रव्यवसायिकप्रयोजनमा र बाँकी ८० प्रतिशतऊर्जा गैर–व्यवसायिक क्षेत्रमाउपायोग भएको देखिन्छ ।

यसबाट ऊर्जा क्षेत्रले कूलगार्हस्थ्यउत्पादमा अपेक्षाकृत योगदान पु¥याउननसकेको परिसंघको धारणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्