मानुषी लघुवित्तले ३ करोडको आईपीओ ल्याउदै
कठमाडौं । चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको मानुषी लघुवित्त वित्तीय संस्थाले ३ करोड रुपैँया बराबरको प्राथमिक शेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
शेयर निष्काशनको लागी कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरीसकेको छ ।
अब मानुषीले एक सय रुपैयाँ अंकित दरमा ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको बताएको छ ।
शेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा कम्पनीले अब आवेदन गर्नेछ ।
अहिले लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ। आईपीओ जारी गरेपछि १० करोड रुपैयाँ पुग्छ ।