बुधबार सुर्खेतको वीरेन्द्रनगरमा थप १९ जनामा कोरोना पुष्टि « Arthapath.com
२८ श्रावण २०७७, बुधबार

बुधबार सुर्खेतको वीरेन्द्रनगरमा थप १९ जनामा कोरोना पुष्टि



काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा बुधबार थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणबाट १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतनिधी वाग्लेले बताए ।


१९ जना मध्ये ८ जना भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

६ जना कन्ट्याक्ट ट्रेसिङ्मा परेका र ५ जना समुदाय स्तरमा गरिएको परीक्षणमा संक्रमण देखिएको वाग्लेले बताए ।


प्रतिक्रिया दिनुहोस्