आजदेखि ७७ वटै जिल्लाबाट सवारी पास वितरण बन्द गर्न निर्देशन « Arthapath.com
२९ श्रावण २०७७, बिहीबार

आजदेखि ७७ वटै जिल्लाबाट सवारी पास वितरण बन्द गर्न निर्देशन



काठमाडौं – बिहिबारदेखि ७७ वटै जिल्लाबाट सवारी पास वितरण बन्द भएको छ ।

हिजो गृह मन्त्रालयले निर्देशन जारी गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयले निकालेको कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ ।


त्यसै अनुसार गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्रीै अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेबाट लागू हुने गरी सवारी पास वितरण नर्गन निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्