१ करोड बढी हिनामिना गरेको आरोपमा असई पक्राउ « Arthapath.com
३० श्रावण २०७७, शुक्रबार

१ करोड बढी हिनामिना गरेको आरोपमा असई पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप कार्कीलाई नियन्त्रणमा लिएको छ ।

उनले पेट्रोल पम्पमा कार्यरत रहँदा १ करोड ८ लाख ९९ हजार १ सय ८४ रुपैयाँ हिनामिना गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

कार्कीले आर्थिक वर्ष २०७४÷०७५ र ०७५÷०७६ मा उक्त रुपैयाँ हिनामिना गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्