डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा, राष्ट्र बैंकले छानबिन समिति बनायो « Arthapath.com
१८ कार्तिक २०७६, सोमबार

डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा, राष्ट्र बैंकले छानबिन समिति बनायो



काठमाडौं । डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई हटाउन नेपाल राष्ट्र बैंककले ३ सदस्यीय छानविन समिति गठन गरेको छ । अर्थ मन्त्रालयको पत्रको आधारमा हिजो साँझ बसेको राष्ट्र बैंकको बोर्ड बैंठकले डेपुटी गभर्नर हटाउन राष्ट्र बैंककै संचालक समिति सदस्य डा. श्रीराम पौडेलको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेको हो ।
राष्ट्र बैंकले सञ्चालक डा. पौडेलको संयोजकत्वमा संचालक रामजी रेग्मी र डा. सुवोधकुमार कर्ण सदस्य रहको छानविन समिति बनाएको हो । समितिले उनिमाथी लागेको आरोप उपर १ महिनाभित्र छानविन प्रतिवेदन बुझाउने छ । छानविन अवधीमा डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा परेका छन ।
छानविन प्रतिवेदनको आधारमा चित्तबुझ्दो जवाफ नआएमा सरकारले श्रेष्ठलाई हटाउन सक्नेृ व्यवस्था छ । एक पटक स्पष्टीकरणको मौका दिन पनि सक्नेछ ।


प्रतिक्रिया दिनुहोस्