कोरोना विरुद्ध आक्रामक बन्यो सरकार, ड्युटीमा नआएको भन्दै ५ डाक्टरलाई डण्डा « Arthapath.com
२६ चैत्र २०७६, बुधबार

कोरोना विरुद्ध आक्रामक बन्यो सरकार, ड्युटीमा नआएको भन्दै ५ डाक्टरलाई डण्डा



काठमाडौं । सरकार कोरोना भाइसरको नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्नेगरी लागेको छ । सरकारले कोरोनाको संक्रमणको उपचारमा खटिनुपर्ने डाक्टरहरु नै ड्युटीमा नआएको भन्दै ५ डाक्टरलाई कार्रवाही गरेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत डाक्टरहरु कोरोनाको त्रासका कारण विदा बसेका थिए । ड्युटीमा नखटिएको भन्दै अस्पतालमा बुटवलमा कार्यरत ५ जना डाक्टरलाई बर्खास्त गरिएको हो । प्रदेश सामाजीक सुरक्षामन्त्री शुदर्शन बरालको ठाडो आदेशमा वर्खास्ती गरिएको हो ।

कारवार्हीमा पर्नेमा रेडियोलोजी विभागका डा. बरदान वली, डा. ताराप्रसाद शर्मा, र डा. प्रकाश न्यौपाने, डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृती कार्की रहेका छन् । यस्तो अवस्थामा अत्यआवश्यक बाहेक डाक्टरहरुलाई विदा बस्न रोकेको छ ।


प्रतिक्रिया दिनुहोस्